एमालेभित्र विचार र सिद्धान्त आवश्यक : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र अहिले सिद्धान्त नभएको बताएका छन् ।

आज पार्टीको वुद्धिजीवी संगठनको कार्यक्रममा उनले एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र भएको उल्लेख गर्दै यस्तो बताएका हुन ।

उनले भने ,‘एमालेभित्र सिद्धान्त नभएको र  मदन भण्डारीको ठाउँमा केपी अ‍ेलीलाई स्थापित गराउन खोजिएको छ । विचारमा बहस नभएर, सबैले आफ्नो पद प्रतिष्ठाको लागि मात्र काम गर्ने परिपाटी छ ।’

एमालेको दोस्रो पुस्ता विचारमा प्रष्ट रहेको भन्ने आफूलाई भान भए पनि व्यवहारमा त्यस्तो नभएको उनको भनाइ छ । ‘अहिलेको एमाले बनाउन नारायणकाजी र मेरो ठूलो मेहनत छ,’ प्रचण्डले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.