डा. स्वर्णिम वाग्लेले कटाए १५ हजार मत

तनहुँ - तनहुँको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । २१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।  तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.