कांग्रेस नेता निधि, कोइराला र सिंहबीच छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता त्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको भेटवार्ता भएको छ ।

उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच यतिखेर महाधिवेशन केन्द्रित भएर छलफल भइरहेको छ। छलफलका लागि निधिनिवास मध्यबानेश्वरमा सिंह र कोइराला गएका हुन् । 

कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच निरन्तर छलफल जारी छ । सुरुवाती दिनबाटै तिनैजना एकै प्यानल र साझा सभापतिको उम्मेदवारी दिने घोषणा गरे पनि श्रेष्ठ र निधिले सभापतिका लागि उम्मेदवार दिइसकेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.