बधाई दिदैं डा. स्वर्णिमलाई गोविन्दले लगाइदिए माला

काठमाडौँ - तनहुँ– १ बाट को प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार गोविन्द भट्टराईले माला लगाइदिएर बधाई दिएका छन्। मंगलबार बिहान दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ। उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराई पनि पुगेका थिए । विजयी भएका स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई र शुभकामना दिएका छन्।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा  भट्टराईले २० हजार ९२ मत ल्याएका थिए। वाग्ले निर्वाचित भएपछि आजै बिहान भट्टराईले बधाई दिँदै आफ्नो रचनात्मक सहयोग रहने बताएका थिए । उनले स्वर्णिमलाई राजनीतिक यात्रामा अब्बल साबित हुन शुभकामना पनि दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.