सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले जिल्ला अधिवेशनमा आफन्तलाई पोसेको र विपक्षलाई पेलेको आरोप लागेको छ ।
कांग्रेस नेता शाहीले आफ्नो छोरा, बहिनी, स्वकीय सचिवलाई समेत जिम्मेवारी दिलाएका छन् । छोरा भरत शाहीलाई ‘ख’ प्रदेशका उपसभापति बनाएका छन् भने शाहीका स्वकीय सचिव राजबहादुर रोकाया र चन्द रावल प्रतिनिधि चयन भएका छन् ।
यससँगै शाहीले बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत उनकी भाइबुहारी मधु शाहीलाई महाधिवेशन र सीता माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक जुनराज हमाल (मामाका छोरा)लाई पनि महाधिवेशन प्रतिनिधि बनाएका छन् ।
शाहीले शक्तिको दुरुपयोग गर्दै हुम्लामा शाहीले एकलौटी निर्वाचन गर्न लगाएको कांग्रेस कार्यकर्ताको आरोप लगाएका छन् । शाहीका कारण हुम्लामा कांग्रेस विभाजनउन्मुख देखिएको संविधानसभा सदस्य रिता शाही बताइन् । ‘उहाँले एकलौटी गर्नु भएको छ,’ उनले भनिन्, ‘हुम्लामा त पार्टी नै विभाजन भइसक्यो भन्दा हुन्छ ।’