काठमाण्डौ। जर्मन सहयोग नियोग (जीआईजेडं)ले बुटवल उपमहानगरपालिकालाई असल काम गरेवापत अवार्ड प्रदान गरेको छ । विषयगत विज्ञहरुमार्फत मुलुकका ११ वटा नगरको सर्वेक्षणमा लगानी, र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर गरिएको सर्वेक्षणमा बुटवल उत्कृष्ट उपमहानगरपालिका रुपमा घोषणा भएको हो ।
जीआईजेडकी नेशनल टिम लिडर दीप्ति खकुरेलले स्थानीयस्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानीको अवस्था तथा नयाँ वातावरण निर्मार्ण ,उद्यामीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएकौ मूल्यांकनका आधारमा बुटवल मुलुकमै पहिलो भएको उनले बताइन ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई जीआईजेडका नेशनल टिम लिडर दीप्ति खकुरेलसहितको टोलीले प्रमाणपत्र र अवार्ड प्रदान गरेको हो ।
स्थानीय लघु, साना तथा मझौला उद्योगहरूको व्यवसायको अवस्था, सुधारका साथै यसका सेवा प्रदायकहरूको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानीको वातावरणका बारेमा पनि विज्ञहरुले सर्वेक्षण गरेका थिए ।