३३ वर्षपछि नापोलीले जित्यो सिरी ए को उपाधि

काठमाडौं - नापोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा यो उपाधि जितेको थियो ।

तेस्रो पटक उपाधि उचाल्नका लागि एक अंक मात्र आवश्यक परेको बेला उडिनेसको घरेलु मैदानमा एक-एकको बराबरी खेल्दै नापोलीले उपाधि जित्न सफल भयो । खेलमा अग्रता भने १३औं मिनेटमा उडिनेसले लिएको थियो । ५२औं मिनेटमा बराबरी गोल फर्काउँदै नापोलीले उपाधि जित्न सफल भयो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.