घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

डोटी- डोटीमा  मासुको हड्डी घाँटी अड्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको रहेका छन्।

शुक्रबार  राती खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा अस्पताल नपुग्दै बाटोमा  उनकाे मृत्यु भएको छ । मृतकका बारेमा थप अनुसार भइरहेको  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.