एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ - नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  ललितपुरस्थित एमाले मुख्यालयमा शनिबार बिहानदेखि बसेको स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

स्थायी कमिटी बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाएको बताइएको छ ।  एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.