कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

सुर्खेत - कर्णाली प्रदेशमा शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको शिक्षाको अवस्था विषयक कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
 
सार्वजनिक तथ्याङ्कमा कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश राष्ट्रिय औषत् सिकाइ उपलब्धिभन्दा तल रहेको सो केन्द्रले जनाएको छ । कर्णालीमा  १३ प्रतिशत विद्यार्थीको मात्रै सिकाइ उपलब्धि राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । पाठ्यक्रम सहज भए पनि सिकाइ उपलब्धि कमजोर देखिएको महानिर्देशक चन्द्रकान्त भुसालले बताए ।

कक्षा ३, ५ र ८ विद्यार्थीमा गरिएको अध्ययनमा समग्र कर्णाली प्रदेशका ८७ प्रतिशत विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको हो । अङ्ग्रेजी, गणित र विज्ञानमा सिकाइ उपलब्धि खस्कँदो रहेको प्रस्तुत प्रतिवेदनमा जनाइएको छ । सन् २०१७ भन्दा सन् २०२० मा सिकाइ उपलब्धि देशभर नै घटेको केन्द्रको तथ्याङ्कमा छ । यसअन्तर्गत २०१७ मा गणित विषयमा ४६ प्रतिशत बालबालिमा सिकाइ उपलब्धि भएकामा २०२० मा आउँदा ३२ प्रतिशतमात्रै बालबालिकामा सिकाइ उपलब्धि देखिएको छ । 

सन् २०१७ भन्दा सन् २०२० मा सिकाइ उपलब्धि देशभर नै घटेको केन्द्रको तथ्याङ्कमा छ । यसअन्तर्गत २०१७ मा गणित विषयमा ४६ प्रतिशत बालबालिमा सिकाइ उपलब्धि भएकामा २०२० मा आउँदा ३२ प्रतिशतमात्रै बालबालिकामा सिकाइ उपलब्धि देखिएको छ । 

 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.