माओवादीबाट को-को जाँदैछन् मन्त्रिमण्डलमा

काठमाडौं। नेकपा माओवादीले तीन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ । 

सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट माओवादीले पाउने मन्त्रालयको नाम टुंगो लागेको हो ।

एक स्रोतका अनुसार माओवादीले शिक्षा र स्वास्थ्यमध्ये एक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमिसुधार मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने बताइएको छ। माओवादीले यसअघि अर्थ र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको छ । 

माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

माओवादीबाट मन्त्री बन्नेको नाममा क्रमश: देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम चर्चामा छ । बाँकी एउटा मन्त्रालयमामा कसलाई पठाउने भन्नेबारे टु‌ंगो लागेको छैन ।

सो मन्त्रालयमा सुरेशकुमार राई, सुदन किराती, शिवकुमार मण्डल र अमनलाल मोदीमध्ये एक मन्त्री बन्न सक्ने सम्भावना छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.