काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा आन्दोलनमा होमिने बताएका छन् ।
मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा महाधिवेशनपश्चात् नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताजस्ता विषयलाई एजेन्डा बनाएर हिन्दु राज्य स्थापित गराउन आन्दोलनमा होमिने बताएका हुन् ।
सो अवसरमा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापालगायतको उपस्थिति थियो भने जिल्ला अध्यक्ष केशब ओझाले जिल्लाको सांगठनिक अवस्थाबारे जानकारी गराएका थिए ।