रिलायन्स लाइफको नगद लाभांश दिने घोषणा

काठमाडौं ।रिलायन्स लाइफ इन्स्युरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६ ०७७ को नाफाबाट नगद लाभांश दिने भएको छ । कम्पनीको १८ असोजमा बसेको इन्स्युरेन्सको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षसम्मको नाफाबाट करसहित कुल पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सो लाभांश वितरण गरिनेछ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.