ग्राण्ड एकेडेमीद्वारा '१६ औँ गणतन्त्र दिवस' भव्यताका साथ सम्पन्न (फिचरसहित)

काठमाडौं। ललितपुर खुमलटार अवस्थित ग्राण्ड एकेडेमी स्कूलले आजको '१६ औँ गणतन्त्र दिवस' भव्यताका साथ मनाएको छ ।  सोमबार मध्यान्ह १२ बजेदेखि स्कूलका आफ्नै हलमा शुरु भएको 'रिपब्लिक डे विथ यूनीटी इन डाइभर्सिटी' विषयक उक्त कार्यक्रमा स्कूलका विद्यार्थीहरुले विभिन्न राष्ट्रिय पोशाकमा नृत्य तथा कला प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व ग्राण्ड एकेडेमीका प्रध्यानाध्यापिका सिमा राईले गर्नुभएको थिया भने डाउस सिन्ड्रम सोसाइटी नेपालका अध्यक्ष शिला थापा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा एकेडेमीका संस्थापक ज्योति ढुंगाना, स्कूलका सह-प्रध्यानाध्यापक बेञ्चु, संयोजक सबिना, सिनियर संयोजक बृजेस लगायत अन्य स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्कूलाका विद्यार्थीहरुले आफ्नै हातले नेपालका विभिन्न समुदायले खाने परिकारहरु बनाएर थप रौनक छर्ने कार्य गरेका थिए । जसमा विद्यार्थीहरुले थारु, मुस्लिम, राई, लिम्बु, गुरुङ, ब्राम्हण, क्षेत्री, नेवारी परिकारका साथै अन्य थुप्रै फरक/फरक स्वादिष्ट परिकारहरुको मिष्ठान भोजन तयार गरेर सबैलाई पस्केका थिए । त्यस्तै नृत्यमा डाउस सिन्ड्रम सोसाइटी नेपाललका विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेर सबैलाई दङ्ग पारेका थिए । उनीहरुले विभिन्न नेपाली गीतरुहमा आफ्नो कला प्रस्तुत गरेर सुनमा सुगन्ध छर्ने काम गरेका थिए ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथी शिला थापाले बौद्धिक अपांगताको अधिकार सुनिश्चित हुनुपर्ने लगायत एकअर्काले सबैलाई हौसला र साथ दिदै जानुपर्ने तथा सबै जात, धर्म, वर्गका व्यक्तिहरुले मिलेर देश निर्माणमा टेवा पुर्याउँदै जानुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै, कार्यक्रमका सभापति सिमा राईले सबैलाई गणतन्त्र दिवसको शुभकामना दिनुहुँदै पुर्खाहरुको बलिदानले स्थापना भएको गणतन्त्रलाई सबैले मनन र सम्मान गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभएकाे थियाे । वहाँले बिदामा पनि ग्राण्ड एकेडेमीले नेपालको गौरवमय गणतन्त्र दिवसलाई सम्मान गरी विद्यार्थीहरुमा यस सम्बन्धि चेतना अभिवृद्धि गराउन यस किसिमको कार्यक्रम आफ्नो स्कूलले आयोजना गरेको बताउनुभयो ।

कार्यक्रमा आज दुई सयभन्दा बढी विद्यार्थीहरुको प्रत्यक्ष सहभागीता रहेको थियो भने सबैले राष्ट्रियता झल्काउने पोशाक पहिरिएर विभिन्न गीतहरुमा आफ्नो कला प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रम ३ बजे सम्पन्न भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.