गठबन्धनबीच मन्त्रालय भागबन्डामा जुट्यो सहमति

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद् विस्तारबारे सहमति भएको छ । मंगलबार मध्यान्ह बालुवाटारमा बसेको शीर्ष नेताबीच मन्त्रालय बाडफाँडको विषयमा सहमति भएको हो । 

केही दिनदेखि मन्त्रालयको विषयमा सहमत हुन नसकिरहेका बेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा बसेका थिए ।

‘मन्त्रालय बाडफाँडको विषयमा सहमति भएको छ । अब त्यहीअनुसार मन्त्रीको नाम आएपछि केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । उनका अनुसार मंगलबारै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना भने कम छ । ‘एक चरण सहमति भएको छ । दलभित्र आन्तरिक छलफलपछि फेरि साँझ बैठक बसेर टुंग्याउने तयारी छ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.