कुन दलले कति मन्त्रालय पाए ?

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । सहमतिअनुसार कांग्रेसले ६, नेकपा माओवादी केन्द्र , नेकपा एस र जसपाले ५-५ मन्त्रालयको नेतृत्व र १-१ राज्यमन्त्री पाउने भएका छन् । 

अहिले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र एक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा छन् । 

त्यसैगरी, माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भूसालले जिम्मेवारी पाइसकेका छन् । माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउँनेछ । नेकपा एसले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउँनेछ ।

जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउँनेछ । माओवादी, नेकपा एस र जसपाले १-१ राज्यमन्त्री पाउने भएको छ । तर, रक्षा मन्त्रालयबारे गठबन्धनबीच सहमति भइसकेको छैन । रक्षामा कांग्रेसले दाबी गर्दै आइरहेको छ। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.