साढे ३३ किलो सुनकाण्डका गोरे परे जन्मकैदमा

  काठमाण्ढौँ। साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय हुने भएको छ । जिल्ला अदालत, मोरङकान्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय फैसला गरिएको छ ।

जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी परेका छन । अदालतका टिकेन्द्रवीरजंग राणाका अनुसार राजन कुमारलाई ३ वर्ष र माधव नामले चिनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले पेश गरेको रायसहितको प्रतिवेदनका आधारमा १९ वैशाख २०७५ मा आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको कालो कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । तीमध्ये ज्यान मुद्दाका आरोपी मात्र दोषी ठहर भएका हुन । अपहरण तथा शरीर बन्धकमा गोरे मात्र दोषी ठहरिएक ।

श्रेस्तेदार राणाका अनुसार , ‘उहाँको सजाय निर्धारण पछि हुनेछ ।’ प्रकरणमा मुछिएका सबै प्रहरी अधिकारीलाई पनि सफाइ दिने आदेश अदालतले गरेको छ ।

सुन तस्करीका बा।रेमा थप स्पस्टिकरण यसरी उल्लेख गरिएको छ ः

वि.स २०७४ माघमहिनाको अन्तिम हप्ता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिको हातमा नपुगिकन गायब भएको थियो । पछि उर्लाबारीका भरिया सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भएको थियो ।

यस घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप रहेको छ । प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित रहेका थिए ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति चयन गरेको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति गठन गरिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.