एनआरएनए १०औँ महाधिवेशन : अध्यक्षका लागि केसीले दिए उमेद्वारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेसनका लागि डा. बद्री केसीले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । डा. केसीले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी उमेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणाका क्रममा डा. केसीले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित वैदेशिक गर्ने प्रतिबद्धता गरे । 

‘१० अर्व पूँजीमा स्थापना भएको एनआरएनए नेपाल डेभलपमेन्ट फन्टलाई वृहद बनाउने र एनआरएनएको हक अधिकारको विषयमा काममा म प्रतिबद्ध छु,’ उनले भने, ‘परदेशमा रहेका नेपालीलाई ज्ञान, सीप र प्रविधिमा पोख्त बनाउने योजना अघि बढ्नेछु ।  एनआरएनएले सुरु गरेको फाउण्डेसनलाई विभिन्न देशमा स्थापना गर्ने, र दोस्रो पुस्तालाई नेपालसँग जोड्नु मेरो मुख्य लक्ष्य हो ।’

नेपाल प्राकृतिक रुपले भरिपूर्ण देश भएको स्मरण गर्दै उनले नेपालको पर्यटन व्यवसाय श्रीवृद्धिमा आफू लागि पर्ने उनको भनाइ छ । ‘परदेशमा रहेका नेपालीमाथि आइपर्ने समस्या समाधान तथा उद्धारका लागि विभिन्न अन्तराष्ट्रिय संघ संस्थासँगको सहकार्यलाई निरन्तरता दिनेछु,’सो क्रममा उनले भने । 

उम्मेदवारी घोषणामा विभिन्न देशका एनआरएनए अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो । एनआरएनएको १० औं महाधिवेसन तथा विश्व सम्मेलन अक्टोवर २३ देखि २५ तारिखमा हुँदै छ । महाधिवेसनमा निर्वाचन प्रक्रियामार्फत् संघको नयाँ नेतृत्व चयन हुनेछ । गैरआवासीय नेपाली संघको १० औं महाधिवेसनको अध्यक्ष पदका लागि कुल आचार्यले पनि उम्मेद्वारी घोषणा गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.