माओवादीले गठन गर्‍यो ३१ सदस्य विदेश मामिला विभाग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सुरेन्द्र कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विदेश मामिला विभाग गठन गरेको छ ।

विभागमा पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल, डा. महेश मास्के,ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंहलगायत छन् । 

त्यसैगरी, अन्य सदस्यहरूमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन र श्यामकुमार श्रेष्ठ छन् ।

विभागमा माओवादीले पूर्वराजदूतलाई प्राथमिकता दिएको छ । त्यसैगरी, विभागमा पूर्वराजदूत पनि छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.