प्रदेश २ को अख्तियार घेराउ गर्ने सिके राउतको पार्टी

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गर्ने भएको छ ।
२ न.ं प्रदेशका मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया चाँडै अगाडि बढाउन दबाव दिन घेराउ कार्यक्रम आयोजना गरिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताएका छन । उनले भने, ‘छापा मारेर मात्र हुँदैन, त्यसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्छ ।‘
यसो गरेमा मात्र कानुनको पालनाहुने र जनता र कर्मचारीले पनि आफ्नो बानिमा समेत परिवर्तन आउने देखिन्छ ।

घेराउ कार्यक्रम केन्द्रीय सचिवालयबाटै आयोजना गरे पनि कार्यक्रममा धनुषा, महोेत्तरी जिल्लाका जिल्ला कमिटीका सदस्य, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने पनि उनले बताएका छन ।उनका अनुसार, कानुको पालना जब सम्म कार्यान्वयनकमा ल्याइदैँन तब सम्म यो देशमा शान्ति स्थापना पनि हुन सक्दैन । शान्ति नै समृद्धिको पहिलो आधार हो ।


महिला बचाउ, महिलालाई शिक्षा देऊ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले असोज १३ गते प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । छापा मारेको विरोधमा जनता समाजवादी पार्टी नेपालले जुलुस निकालेको थियो ।सिके राउतको पार्टीले भने मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग का साथै आन्दोलन सुरु गरेकोे छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.