माओवादी केन्द्रले विदेश विभाग गठन गरेको छैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठ पार्टीप्रति असन्तुष्ट भएका छन् । बुधबार राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विदेश विभाग गठनको विषयलाई लिएर असन्तुष्ट बनेका हुन् । श्रेष्ठले विभाग गठन भइनसकेको भन्दै ‘भ्रममा नपर्न’ अनुरोध गरेका छन् ।

‘नेकपा (माओवादी केन्द्र) को विदेश विभाग गठन भएको र त्यसमा विभिन्न व्यक्ति राखिएको भन्ने समाचार गलत हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’

माओवादी केन्द्रीय कार्यालयका अनुसार माओवादीले ३१ सदस्यको नामावली तयार पारिएको छ । सदस्यको नामावली सूचीमा पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वराजदूत महेश मास्केलगायत छन्को । स्थायी समिति बैठकमा छलफलपश्चात् औपचारिक निर्णय हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.