काठमाडौं । पछिल्लोसमय नेकपा माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट देखिएका छन् । माओवादी केन्द्रको प्रवक्ताबाट हटाएपछि असन्तुष्ट बनेका श्रेष्ठलाई लगातार पार्टीको महत्वपूर्ण जिम्मेवारीबाट हटाउँदै गएपछि प्रचण्डसँग श्रेष्ठ फायर हुन् ।
विदेश विभाग गठनको विषयमा समेत श्रेष्ठलाई जानकारी नै नदिई समिति गठन गरेपछि सार्वजनिक रुपमै समिति गठन नगरेको भन्दै श्रेष्ठले सामाजिक सञ्जालमा आफ्नो धारणा प्रस्तुत गरेका छन् ।
यसो त माओवादी केन्द्रमा विदेश विभाग गठनको लागि नामहरु टुंगो लागेको तर केन्द्रीय समितिबाट अनुमोदन हुन बाँकी हुँदै सार्वजनिक भएपछि माओवादी नेताहरुले फरक–फरक धारणा राखिरहेका छन् ।
श्रेष्ठ आफू विदेश विभाग प्रमुख हुन चाहन्थे । तर, उनलाई जानकारी नै नदिई विभागको नाम टुंगो लगाएपछि श्रेष्ठ अध्यक्ष प्रचण्डसँग फायर भएका हुन् ।
विदेश विभागको सूचीमा पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वराजदूत महेश मास्केलगायतको नाम समावेश थियो । राम कार्कीको संयोजकत्वमा विभाग गठन गरेपछि श्रेष्ठ अध्यक्ष प्रचण्डसँग निर्णायक वार्ता गर्ने तयारीमा छन् ।