वीरगन्ज । वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुको एउटा भेलाबाट यस ठाउँमा नेपाल राष्ट्रिय बंगाली समाज गठन भएको छ। मंगलावर वीरगन्ज १० माइस्थान–घडिअर्वा मार्गमा रहेको दुर्गामन्दीरको प्रांगणमा समाजका केन्दीय अध्यक्ष सरकारको प्रमुख आतिथ्य र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिति गठन भएको समितिका सचिव डा .चन्दन बेनर्जीले जानकारी दिएका छन् ।
ब्यवसायी संदीप बेनर्जीको अध्यक्षतमा गठन भएको समितका उपाध्यक्ष कुशल गोहो ठाकुर, कल्पना दास, सचिव दीलिप राउत र कोषाध्यक्ष रेणु राउत रहेका छन्। यसैगरी सदस्यमा मिहिरचन्द्र अधिकारी, डा .गोबिन्दकुमार साह, मोहनकुमार मण्डल, कृष्णकुमार दास, अमरदीप सरकार, रुद्र हल्दर, सुमना बेनर्जी र निलोय मजमुदार छन् ।
नेपालमा लखौंको संख्यामा बंगालीभाषीहरु पुस्तौंदेखि बसोवास गरे पनि संगठित नभएको कारण बेग्लै पहिचान स्थापित हुन नसकेको केन्द्रीय अध्यक्ष सरकारले बताए । मुख्य रुपमा आफ्नो पहिचानका लागि यस्तो समिति गठन गरिएको हो । राष्ट्रिय जनगणना २०७८ मा आफ्नो थर मात्र उल्लेख नगरेर समुदायको रुपमा बंगाली लेख्न आफुहरुले नेपाली बंगालीहरुलाई अह्वान गरेको उनले बताएका हुन । संगठित भएपछि अल्पसंख्यको रुपमा आफूहरुको पहिचान भाषा र संस्कृतिको जगेर्ना गर्नमा मद्दत मिल्ने बैठकका सहभागिहरुको प्रतिक्रिया रहेको थियो ।