गायक शिव परियार ल्याउँदैछन् अर्को पिउने गीत

काठमाडौं । गायक शिव परियारले आफ्नो चर्चित गीत ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ को अर्को शृंखलास्वरूप ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ।।।’ बोलको गीत ल्याउने तयारी गरेका छन् ।

दसैैको अवसरमा केही दिनमै सार्वजनिक गर्ने लक्ष्य लिइएको सो गीतको भिडियो सोमबार छायांकन सम्पन्न गरिएको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोमा अभिनेता पुष्प खड्काका साथमा टिकटकमा परिचित अञ्जली लुइँटेल र आलिया अधिकारीलाई प्रस्तुत गरिएको गायक परियारले बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.