युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

काठमाडौ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट कुल २० प्रतिशत  लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश (कर प्रयोजन सहित) २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जानकारी गराएको छ ।   

© 2021 Quicknepal.com  |  All Rights Reserved.