संयुक्त सरकार बनाउन मुख्यमन्त्री आचार्यको प्रस्ताव

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाउन प्रस्ताव गरेका छन् । बुधबार प्रदेश १ को प्रदेशसभा भवन उद्घाटनका क्रममा मन्त्री आचार्यले यस्तो प्रस्ताव गरेका हुन् ।

‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाउँ, लडाइँ झगडा तँछाड मछाड शब्दका वाण यी सबैको के जरुरी पर्‍यो,’ उनले भने, ‘दशैंमा मासु खाएर ठण्डा दिमागले सोच्नुहोस्, दशैंपछि राम्ररी सल्लाह गरेर संसदमा निष्कर्ष निकालौँ ।’

उनले सरकारले संविधान नमिच्ने बताए । ‘संविधान अनुसार यो सरकारले विश्वासको मत लिन्छ,’ उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, कुनै लडाइँ झगडा, शब्दका तुच्छ वाण जरुरी छैन, २–४ दिन तलमाथि हुन सक्छ तर संविधान मिचिँदैन ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.