काठमाडौं । मुख्यन्त्री लालबाबु राउतले दुई तिहाई बहुमतसहितको विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश नम्बर २ को प्रदेशसभाबाट उनले विश्वासको मत लिएका हुन् । जसपा विभाजन भएपछि संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत लिएका हुन् ।
नेकपा एमाले र लोकतान्त्रिक समाजवादीबाहेक गठबन्धन दलले समर्थन गरेका कारण उनलाई बहुमत प्राप्त भएको हो । प्रदेशसभामा भएको मतदानमा ७७ मत मुख्यमन्त्रीको पक्षमा रहेको छ । यस्तै विपक्षमा २३ मत परेको छ । १०४ सदस्यीय प्रदेश सभामा ४ जना सांसद भने अनुपस्थित थिए ।
प्रदेशसभा कुल १०८ सदस्यीय रहेकामा चार जना सांसद कार्वाही परेका थिए । माओवादीका सांसादहरुले एमाले रोजेपछि ४ जना सांसद कार्वाहीमा परेका थिए ।