माओवादीले टुंगो लगायो तीन मन्त्री र एक राज्यमन्त्री

काठमाडौं । सरकार विस्तारका लागि सत्ता गठबन्धन दलले आफ्नो पार्टीको भागबण्डामा परेको मन्त्रीको संख्या अनुसार नाम टुंगो लगाउने क्रम जारी छ । नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीको नाम टुंगो लगाईसकेपछि नेकपा माओवादीले पनि मन्त्रीको नाम टुंगो लगाएको छ ।

माओवादीको भागमा परेको मध्ये बाँकी तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको थियो । सो संख्या आज बसेको माओवादी स्थायी कमिटीको बैठकले टुंगो लगाएको हो ।

देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री हुनेगरि माओवादीले नाम टुंगो लगाएको हो । यस अघि माओवादीबाट जर्नादन शर्मा अर्थमन्त्री र पम्फा भुषाल मन्त्री भइसकेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.