काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको कांग्रेस इकाइ सभापतिमा कृष्णमान डंगोल सर्वसम्मत चयन भएका छन् ।
बुधवार भएको नगरअधिवेशनबाट उनी सर्वसम्मत रुपमा इकाइ सभापतिमा चयन भएका हुन् । त्यसैगरी, अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।
उपसभापतिमा राजिता महर्जन गौतम र सुदन बस्नेत चयन भएका छन्। त्यसैगरी सचिवमा किरण केसी र इच्छा महर्जन चुनिएका छन् भने सहसचिव दुई जनामा सूर्यकान्त कोइराला र सानुमैया महर्जन छन्। कोषाध्यक्षमा पवित्रा विष्टलाई मनोनयन गरिएको छ।
अन्य २० जना सदस्य पनि निर्विरोध चयन गरिएको नगरनिर्वाचन समितिले जनायो । काठमाडौंमा अब दक्षिणकाली नगरपालिकामा मात्र कांग्रेसको नगर अधिवेशन बाँकी रहेको छ।