तेह्रथुममा आजदेखि २७ वर्षमाथिकालाई कोरोना खोप

तेह्रथुम, । तेह्रथुमको छथर गाउँपालिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । यसअघि ४० वर्ष माथिका नागरिकलाई खोप लगाइएकामा आज बिहीबार र शुक्रबार २७ वर्ष माथिकालाई खोल लगाइन लागिएको हो ।

गाउँपालिकाले सार्वजानिक सूचना जारी गरी खोप लगाउन आह्वान गरेको छ । २७ वर्षभन्दामाथिकालाई खोप लगाइसकेपछि १८ वर्षसम्मकालाई खोप लगाइने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले जानकारी दिए ।

छथर अस्पताल,आङदिम,पञ्चकन्या,फाक्चामारा,ओख्रे र सुदाप स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.