काठमाडौंका ७ नगर अधिवेशनमा प्रकाशमान र गगन समूहनै अग्रस्थानमा

काठमार्डौं। नेपाली कांग्रेसको आसन्न हुन लागेको १४ महाधिवेशन अन्र्तगत काठमाडौंको नगर अधिवेशनमा नेता प्रकाशमान सिंह र गगन थापा समूह अग्रस्थानमा देखिएका छन् । काठमाडांको नगर अधिवेशन अन्तरगत  ७ वटा नगर सभामा प्रकाशमान र गगन समूह अग्रस्थानमा देखिएका हुन् ।

जसअन्तरगत  काठमाडौं महानगरपालिकामा नीलकाजी शाक्य विजयी भएका छन् । त्यस्तै गोकर्णेश्वरमा कुमार लामा, कीर्तिपुरमा कृष्णमान डंगोल, शंखरापुरमा दिलिपकुमार श्रेष्ठ,नागार्जुनमा दुर्गाप्रसाद गौतम, बूढानिलकण्ठमा राजाराम बुढाथोकी र चन्द्रागिरिमा घनश्याम गिरी विजयी भएका छन् ।

यता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले दुई नगरमा विजयी प्राप्त गरेका छन्। टोखा नगरमा ओमकृष्ण विमली सभापतिमा विजयी भएका छन भने तारकेश्वरमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् भने सभापति शेरबहादुर देउवाल समूहले एक मात्र नगरसभामा विजयीप्राप्त गरेको हो ।

सभापति देउवा समूहका उद्धप दाहालले कागेश्वरी मनोहरा नगर अधिवेशनमा विजयी प्राप्त गरका छन्। त्यस्तै कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल निर्विरोध चयन भएका छन् ।यसअघि काठमाडौंमा भएको ९ वटा पालिका अधिवेशनको मतपरिणाम समेत सार्वजनिक भइसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.