निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक

काठमाडौं। फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा बेलायतमा निधन भएको हो। जानकीदेवी छोरी र नातिनीका साथ लन्डनमै बस्दै आएकी थिइन्।

विनोदका अनुसार जानकी देवीको पार्थिव शरीर आज शुक्रबार काठमाडौं आइपुग्ने छ।   एक्लो छोरा रहेका विनोदको तीन बहिनी छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.