काग्लीअरीमाथि युभेन्टस २-१ ले विजयी

काठमाडौ‌‌ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले काग्लीअरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले काग्लीअरीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा ग्लेइसन ब्रेमेर र डानीएले रुगानीले एक एक गोल गरेका थिए । त्यसैगरी काग्लीअरीका लागि अल्बेर्टो डोस्सेनाले एक गोल फर्काएका थिए । यो जितसँगै युभेन्टस सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ । १२ खेलमा ९ खेल जितेको युभेन्टसको २९ अंक रहेको छ ।

त्यस्तै काग्लीअरीको भने १२ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.