ललितपुरको एक कोलनीबाट साढे १६ लाख बराबरको धनमाल चोरी

ललितपुर । ललितपुर महानगरपालिका-१८ भैँसेपाटी विनायक कोलनीको एक घरबाट सोमबार दिउँसो लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

 कोलनीमा बस्ने कामेश्वर यादवको घरबाट नगद २ लाख रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ र विभिन्न सुनका गहना गरी करिब १६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हो ।   

घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले मूल गेटको ताला फोडेर चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुंग्मतीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.