आइसोलेसन सेन्टरबाट फरार अभियुक्त कालिमाटीबाट पक्राउ

काठमाडौं । कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार भएका लागुऔषध कसुरका अभियुक्त पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले कालिमाटीबाट १९ वर्षीय राहुल तामाङलाई पक्राउ गरेको डीएसपी ठाकुर पोखरेललेका हुन ।

मंगलबार अपरान्ह अभियुक्त तामाङ कीर्तपुरको आइसोलेसन सेन्टरबाट फरार भएका थिए । यसअघि प्रहरीले लागु औषध कसुरमा महानगरीय प्रहरी वृत थानकोटबाट तामाङलाई पक्राउ गरेको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.