एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं- नेकपा एकीकृत समाजवादीको ६९ औं केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको साेमबारकाे बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिए।

उनले भने, ‘आज हाम्रो ६९ औं केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ।’

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.