गुल्मी । नेपाली कांग्रेस गुल्मीको १४ औं महाधिवेशन अन्तरगत स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० वटा गाउँपालिका गरी १२ स्थानीय तहमध्ये दुई वटा पालिकामा निर्वाचनमार्फत र १० वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
बुधबारसम्म चलेको अधिवेशनबाट मुसिकोट नगरपालिकामा मोहन घिमिरे र कालीगण्डकी गाउँपालिकामा निमबहादुर श्रीस विजयी भएका छन् । रेसुङ्गा नगरपालिकाको सभापतिमा जयश्वर पन्थी, मदाने गाउँपालिकामा महेन्द्र कुँवर मालिका गाउँपालिकामा उपेन्द्र अर्याल र इस्मा गाउँपालिकाको सभापतिमा कृष्ण रिजाल सर्वसम्मत चयन भएका हुन् ।
उता धुर्कोट गाउँपालिकाको सभापतिमा हरिबहादुर थापा, गल्मीदरबार गाउँपालिकाको सभापतिमा प्रेम पुन, छत्रकोट गाउँपालिकाको सभापतिमा धाान्नद भुसाल सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकाको सभापतिमा देवेन्द्र मल्ल सर्वसम्मत चयन भएका हुन् । उता सत्यवती गाउँपालिकाको सभापतिमा विष्णु भण्डारी र चन्द्रकोट गाउँपालिकाको सभापतिमा विष्णुप्रसाद भण्डारी चयन भएको कांग्रसले जनाएको छ ।