केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा : नेता खतिवडा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको आरोप लगाएका छन् ।मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै नेता खतिवडाले आफ्ना गल्ती ढाकछोप गर्न अध्यक्ष ओलीले आफ्नो पार्टीलाई गाली गर्ने गरेको समेत बताए ।

‘यहाँको राजनीतिको खलनायकको भूमिका केपी ओली र उहाँको नेतृत्वले खेलिरहेको छ भन्ने कुरा मुलुकलाई जगजाहेर छ’, खतिवडाले भने, ‘उहाँकै कारणले नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा हुन पुगेको कुरा पनि आम नेपाली जनताले बुझेका छन् ।’उनले आफ्ना गल्ती ढाकछोप गर्न एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई जति धेरै गाली र श्राप दिए पनि त्यो गालिले एकीकृत समाजवादी नसकिने बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.