एमालेबाट मयल पखालिएर गयो : पौडेल

काठमाडौं । नेकपा एमाले नेता विष्णु पौडेलले नेकपा एमालेबाट माधव नेपाल समूहलाई मयलको संज्ञा दिएका छन् । नेकपा एमालेबाट केही व्यक्ति निस्किेर गएका छन् । त्यो भनेको मयल पखालिएर गएको जस्तो हो ।

एमाले झन् स्वास्थ्य भएको छ, पौडेलले भनेका छन् । दसैँ–तिहारको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिव समेत रहेका पौडेलले पार्टीबाट बाहिरिने माधव नेपाल समूहले दुईदेखि तीन प्रतिशत बढिमा असर पार्ने बताएका छन् ।

नेपालको पार्टी समाजवादीले नेकपा एमालेलाई घाटा नहुने पौडेलले बताए । उनले निर्वाचनपछि एमाले अझ सुदृद र बलियोसहित झनै ठूलो पार्टी हुने दावी गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.