काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एसलाई स्वास्थ्य, श्रम, पर्यटन र सहरी विकास मन्त्रालयगरि चार मन्त्रालय दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बिस्तार गर्न बसेको बैठकमा नेकपा एसले समान हैसियत माग गरेपछि चार मन्त्रालय सहित दुई प्रदेशको मुख्यमन्त्री दिने गरि निर्णग गरेको हो ।
आजै मन्त्रिपरिषदु बिस्तार गर्ने गरि बैठक बसेको भनिएता पनि आज मन्त्रिपरिषद् बिस्तार हुन सकेन । गठबन्धनका एक नेताका अनुसार भोली शुक्रवार मन्त्रिपरिषद् बिस्तार हुने बताइएको छ ।
यस अघि रक्षा नेकपा एसलाई दिने प्रारमिभक सहमति भएपनि रक्षा मन्त्रालय नेकपा एसको भागमा परेन ।