स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाठौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षाको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको २१ असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र करसहित छ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.