जसपाले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।

जसपाका शीर्ष नेताको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको हो ।

जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले नै गर्नेछन् । यस्तै सो पार्टीबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.