मन्त्रिपरिषद् विस्तारको तयारी : आजै शपथग्रहण

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सरकार बनेको हनिमुन समय कट्नै लाग्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

आजै देउवाले नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दै छन् । 

कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादी ४/४ मन्त्री पाउनेछन् भने जसपाका नेता राजेन्द्र श्रेष्ठले आजै मन्त्रीहरुको शपथ हुने बताइएको छ । रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको छ ।

त्यसैगरी, माओवादीले पनि मन्त्री र मन्त्रालयको विषय टुंग्याएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.