कांग्रेसले टुंग्याो मन्त्री र मन्त्रालयको भाग

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसले मन्त्रीको टुंगो लगाएको छ । मन्त्री र मन्त्रालयको विषयलाई लिएर गुटगत समस्यामा फसेको कांग्रेसले मन्त्री र मन्त्रालयको जिम्मेवारीको विषयलाई टुंग्याएको हो । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्षबाट चार मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेसका ४ नयाँ मन्त्री थप्दैछन् ।

देउवानिकट स्रोतका अनुसार आज डा. मिनेन्द्र रिजालले रक्षा, दीलेन्द्रप्रसाद बडुले कानून, उमा रेग्मीले महिला तथा उमाकान्त चौधरीले खानेपानी मन्त्रीका रूपमा सपथ लिनेछन् ।

कानूनमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.