प्रधानन्यायाधीशको कोटाबाट हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।

प्रधानन्याधीशको कोटाबाट मन्त्री  बनाउन भाग खोजेको भनी आलोचना भइरहेको र सरकारले पनि प्रधानन्याधीशले मन्त्रिपरिषद्मा माग नखोजेको भनी संसद्मा स्पष्टीकरण दिएकै दिन यसअघि राणाको कोटाबाट गजेन्द्र हमालको नाम मन्त्रीका लागि सिफारिस भएको हो । 

यसअघि राणाको कोटाबाट मन्त्री बन्ने हल्ला आएसँगै सर्वोच्चले बाहिर आएको हल्ला सत्य नभएको भनी स्पष्टीकरण दिएको थियो । 

प्रधानन्यायाधीले मन्त्रिपरिषद्मा भाग खोजेको हो भनी यसअघि नेपाल बार एशोसिएसनले  राणालाई प्रश्न सोधेको थियो । आफूले मन्त्रालयमा भाग नखोजेको बताउँदै मेरो नामसँग जोडिएर आएका नाम आफैँ मन्त्री बन्न योग्य रहेको बताएका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.