जसपाले सरकारमा सहभागी हुने मन्त्रीको नामा टुङ्गो लाग्यो

काडमाडौ। जनता समाजवादी पार्टी जसपाले सरकारमा सहभागी हुने मन्त्रीको नामा टुङ्गो लगाएको छ । जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए।

उनीहरुको नाम प्रधानमन्त्री देउवालाई  बुझाएको राइले बताएका हुन् ।  जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएअनुसार प्रधानमन्त्रीलाई नाम दिएका हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.