काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री एन्ड्रियेभिक मुरोटोभले पाउने भएका छन् । शुक्रबार नर्वेजियन नोबेल कमिटीले संयुक्त रुपमा उनीहरुलाईसो पुरस्कार प्रदान गरेको हो ।
दुवैका लागि अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि गरेको प्रयासस्वरुप सो सम्मान गरिएको हो । अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र दीगो शान्तिको पूर्व शर्त रहेको कमिटीले बताएको छ ।
मारिया रेनाले फिलिपिन्समा सरकारको शक्ति दुरुपयोग, हिंसाको प्रयोग र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकी थिइन् । सन् २०१२ मा उनले खोजमूलक पत्रकारको डिजिटल कम्पनी रापलरको स्थापना गरेकी थिइन्, जसको नेतृत्व अहिले पनि उनैले गरिरहेकी छिन् । पत्रकार तगा रापलरको सीईओको रुपमा उनले अडिग रहँदै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै आएकी छिन् ।
डिमिट्री मुराटोभले पनि लामो समयदेखि चुनौतीपूर्ण अवस्थामा पनि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएका छन् । सन् १९९३ मा उनीसहितको टोलीले स्वतन्त्र अखबार नोभाजा गाजेटा खोलेका थिए ।
१९९५ पछि उनी २४ वर्षसम्म उक्त पत्रिकाको प्रधान सम्पादक रहे । सुरुआतदेखि नै नोभाजा गाजेटाले आलोचनात्मक आलेखहरु प्रकाशित गर्ने गरेको थियो । जसमा भ्रष्टाचार, प्रहरी हिंसा, अवैध पक्राउ, निर्वाचनमा धाँधलीजस्ता विषयलाई प्राथमिकतामा पर्थे ।
नोभाजा गनजेटालाई लक्षित गरी रुसमा दुव्र्यवहार, धम्की, हिंसा र हत्यासम्मका घटना भएका छन् । पत्रिका सुरु भएयता यो पत्रिकाका ६ जना पत्रकार मारिइसकेका छन् । हत्या तथा धम्कीका घटनाबाट पनि विचलित नभएका प्रधानसम्पादक मुराटोभ पत्रिकाको स्वतन्त्रताको नीतिलाई सदैव अघि बढाएका थिए ।