नेपाल कम्युनिस्ट पर्टी(एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)बीच पार्टी एकीकरण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल कम्युनिस्ट पर्टी(एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)बीच एकीकरणका लागि सम्झौता भएको छ । दुई पार्टीबीच एकताका लागि भएको सो सम्झौतामा नेपाल कम्युनिस्ट पर्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)को तर्फबाट जीवन राईले हस्ताक्षर गरेका हुन् । 

पार्टी एकीकृतका लागि भएको सो सम्झौतामा दुवै पार्टी मार्कसवाद र लेनिनवादलाई मार्गदर्शकका रुपमा लिएर अघि बढ्ने उल्लेख छ ।

नेकपा एमालेबाट माधव नेपाल छुटिएर बनेको एस पार्टीभन्दा पहिले जीवन राईको सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.