काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा ६० प्रतिशत नयाँ अनुहारले स्थान पाएका छन् ।
शुक्रबार प्रधानमन्त्रीद्वारा विस्तार गरेको मन्त्रिमण्डलमा यसअघि मन्त्री नभएका ६० प्रतिशत अनुहारले स्थान पाएका हुन् । करिब प्रधानमन्त्री बनेको ९० दिन पुग्न लाग्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो ।
पहिलो पटक मन्त्री बनेकाहरूमा राजेन्द्र श्रेष्ठ, विरोध खतिवडा, देवेन्द्र पौडेल, उमा रेग्मी, शशी श्रेष्ठ, रामकुमार झाँक्री, गजेन्द्रबहादुर हमाल, महेश्वरजंग गहतराज, रामसहायप्रसाद यादव र कृष्णकुमार श्रेष्ठलगायत छन् ।
मन्त्रिमण्डलमा पाँच मन्त्री र एक राज्यमन्त्री गरी कुल ६ महिला मन्त्री छन् । जुन २४ प्रतिशत हो । यस्तै, सरकारमा जनजाति समुदायबाट मन्त्री बन्नेको संख्या २८ प्रतिशत छ ।