बजारको ब्यावस्थापन नहुँदा किसान चिन्तित

खोटाङ ।लामो समयदेखि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका कृषकले उत्पादन गरेका कृषिजन्य खाद्यसामाग्री बिक्री नहँुदा किसान मारमा परेका छन ।
गाइघाट दिक्तेल सडक ,खण्डअन्र्तगत खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित, सुनकोेशी नदीमा स्थायी पुल निमार्ण हुन नसक्दा स्थानीय मारमा परेका हुन् ।
ठाउँमा उत्पादन गरिएका सामग्री काठमाण्डौँ धरान, विराटनगर ठाउँमा पु¥याउन नसक्दा उत्पादित खाद्यसामग्री खेर गइरहेका छन् ।
गाउँपालिकाभित्र उत्पादित आलु,स्याउ,नास्पाती ,किवी,फर्सी,सुन्तलालगायत उत्पादित कृषिजन्य सामग्री समयमा बिक्री नभएको उनीहरुको गुनासो छ ।

खोटाङ र उदयपरको सिमाना मा रहेको सुनकोशी नदीमा पुल निर्माण सुरु भएको लगभग ५/८ वर्ष पूरासम्म उक्त पुलको निर्माण कार्य समपन्न हुन सकेको छैन ।
नेपाल सरकार तथा स्थानीय गाउँपालिकाले कृषि प्रणालीलाई परिवर्तन गनुपर्ने स्थानीय गाउँपालिकाका युवा बविन तामाङ बताउँछन ।
स्थानिय बजारमा पु¥याएका खाद्य सामाग्रि विक्री नहुँदा व्
ब्यापारी कालो अनुहार पारेर घर फर्कने गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.